चितवन, असोज ३ गते। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र आसपास बस्दै आएको ‘रोनाल्डो’ नामक भाले जंगली हात्ती शनिबार बिहान मृत अवस्थामा फेला परेको छ।
निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बीसहजारी ताल नजिकैको कुमाल ताल क्षेत्रमा हात्ती मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिएका छन्।
हात्तीको मृत्युको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको सूचना अधिकारी थापा मगरले बताएका छन्।
करिब २४ वर्षअघि पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जमा देखिएको रोनाल्डोले हात्ती प्रजनन केन्द्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। केन्द्रमा रहेका पोथी हात्तीहरू रोनाल्डोबाट गर्भवती भएका थिए।
राष्ट्रिय निकुञ्जका अनुसार रोनाल्डो ३८ वटा हात्तीका बच्चाको पिता बनेको थियो। हात्ती प्रजननमा योगदान पुर्याउँदै आएको रोनाल्डोको मृत्युले वन्यजन्तु संरक्षण तथा प्रजनन केन्द्रमा चासो बढाएको छ।
No comments:
Post a Comment